मेयर बालेन शाहले जेनजी आन्दोलनबारे राष्ट्रिय मानवअधिकार आयोगमा बयान दिए

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले राष्ट्रिय मानवअधिकार आयोगमा बयान दिएका छन्।

सोमबार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे मेयर शाहको बयान लिएको हो। आयोगको आग्रहमा बालेन शाहले करिब २ घन्टा बयान दिएका थिए।

जेनजी घटनाका दौरान मेयर शाहको गतिविधिहरूको बारेमा आयोगले सोधपुछ गरेको थियो। सामाजिक सञ्जालमा उनका लेख र अन्य गतिविधिहरूको बारेमा पनि आयोगले प्रश्न गरेका थिए, जसको जवाफ बालेनले दिएका छन्।

प्रकाशित: सोमबार, पौष ०७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय