काठमाडौँ । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमा प्रतिनिधिसभाको निर्वाचन आयोजना गर्ने कुरा बताएका छन्।
मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला र कार्यालय उद्घाटन कार्यक्रममा उनले निर्वाचनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए। उज्यालो नेपाल अभियान, जुन एक महिना पहिले मात्र सुरु गरिएको थियो, अहिले पार्टीको रुपमा रुपान्तरण भई देशभर फैलिएको उनले बताए।
“सत्तरी-असी वर्ष पुराना पार्टीहरुलाई परास्त गरी बहुमत ल्याएर सरकार बनाउने ठूलो साहस यस पार्टीले गरेको छ,” घिसिङले भने।
जेनजी आन्दोलनपछि गठित सरकारमा सहभागी हुन पाएको अवसरको उपयोग गर्दै, विगतका मन्त्रीहरू भन्दा फरक शैलीमा काम गरेको उनले बताए।


