काठमाडौँ । साउदी अरबमा यस वर्ष मृत्युदण्ड पाउने व्यक्तिहरूको संख्या गत वर्षको तुलनामा बढेको छ। रिपोर्टअनुसार, २०२५ को हालसम्मको तथ्यांक अनुसार कम्तीमा ३४७ व्यक्तिहरूलाई मृत्युदण्ड दिइएको छ, जबकि गत वर्ष यो संख्या ३ सय ४५ मात्र थियो।
ब्रिटेनस्थित एक मानवअधिकार समूहका अनुसार, यो वर्ष साउदी अरबका लागि “सर्वाधिक रक्तपातपूर्ण वर्ष” हो। मृत्युदण्ड पाउने व्यक्तिहरूमा दुई जना पाकिस्तानी नागरिक रहेका छन्, जसलाई ड्रगसम्बन्धी मुद्दामा दोषी ठहराइएको थियो। त्यस्तै, एक जना पत्रकार, दुई जना युवा (जुन विरोध प्रदर्शनका समयमा नाबालिग थिए) र पाँच जना महिलासमेत मृत्युदण्डको शिकार भएका छन्।
मृत्युदण्ड पाउने आधा भन्दा बढी व्यक्तिहरू विदेशी नागरिक थिए र अधिकांशलाई ड्रगसम्बन्धी मुद्दामा मृत्युदण्ड दिइएको बताइएको छ। संयुक्त राष्ट्रसंघका अनुसार, यस्तो अपराधमा मृत्युदण्ड दिने अभ्यास “अन्तर्राष्ट्रिय मापदण्ड विपरीत” रहेको छ।
साउदी अरबका अधिकारीहरूले यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्, भने बिबिसीले जानकारी दिएको छ।


