कार्यालय प्रमुखहरूले योग ध्यान साधना गरेर विश्व ध्यान दिवस मनाए

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाभित्रका सम्पूर्ण कार्यालय प्रमुखलाई योग ध्यान साधना गराएको छ।

विश्व ध्यान दिवसको अवसरमा डिसेम्बर २१ गते जिल्ला प्रशासन कार्यालय परिसरमा यो कार्यक्रम आयोजना गरिएको हो। राष्ट्रिय योग ध्यान आरोग्य सञ्जाल नेपालका महासचिव नबराज काफ्लेले कर्मचारीहरुलाई ध्यान साधना गराएका थिए।

कार्यक्रमको बीचमा, जिल्ला स्तरीय विश्व ध्यान दिवस मूल समारोह समितिका संयोजक र जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सरकारी कार्यालयहरूमा छोटो समयका लागि भए पनि योग साधना कार्यक्रमलाई नियमित रुपमा जोड्न अनुरोध गर्नुभयो।

प्रकाशित: सोमबार, पौष ०७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय