नेपालले आईसीसी मेन्स टी-२० विश्वकप २०२६ का लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी मेन्स टी-२० विश्वकप २०२६ का लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुनेछ। नेपाल बंगलादेश, इङल्यान्ड, इटाली र वेष्ट इण्डिजसँग एकै समूहमा रहेका छन्।

नेपालको पहिलो खेल फेब्रुअरी ८ मा इङल्यान्डसँग हुनेछ, त्यसपछि १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

प्रारम्भिक टोली यस प्रकार छ: रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल आलम, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनास बोहोरा, प्रतिश जि.सी, रुपेश सिंह।

प्रकाशित: आइतबार, पौष ०६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय