काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। परिसूचक १९ दशमलव ९२ अंकले घटेर दुई हजार ५९५ दशमलव १० को बिन्दुमा पुग्न सफल भएको हो।
आज ३४५ कम्पनीका एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक खरिद बिक्री गरिएको छ, जसले रु ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ बराबरको कारोबार गर्यो।
आजको कारोबारमा म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको नेप्सेले जनाएको छ। एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।


