काठमाडौँ । हलिउडको ‘अवतार ३’ नेपालमा बक्स अफिसमा उत्कृष्ट कमाइ गर्दैछ।
‘अवतार: फायर एन्ड यश’ ले शुक्रबार र शनिबार सिनेमा बक्स अफिसमा बलियो डेब्यू गरेको छ। मिश्रित समीक्षाहरूको बाबजुत, १९७ मिनेटको रनटाइमको साथ तेस्रो श्रृंखलाको ओपनिङ आफैमा आक्रामक साबित भएको छ। रिलिज अघि नै फिल्मले नेपालमा ७० लाख रुपैयाँको अग्रिम टिकट विक्री गरेको थियो।
फिल्मले शुक्रबार, शनिबार र आइतबार मध्यान्हसम्म नेपालमा २ करोड २० लाख रुपैयाँको ग्रस कमाई गरेको छ। यो कमाईले लामो समयपछि कुनै हलिउड फिल्मको २ करोड रुपैयाँभन्दा बढी सप्ताहन्त ओपनिङ भएको छ।


