नोबेल मेडिकल कलेजमा इन्टर्न डाक्टरको भवनबाट खसेर मृत्यु

काठमाडौँ । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका ३४ वर्षीय इन्टर्न डाक्टर अमित यादवको उपचारको क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार, आज बिहान नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको पाँचौं तलाबाट खसेका यादव, सप्तरीको राजविराज नगरपालिका वडा नं. ९, जगदरीका निवासी थिए। टाउकोमा गम्भीर चोट लागेका उनीलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उपचारका क्रममा आज बिहान उनकाे मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए।

यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर थिए। घटनाको अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: आइतबार, पौष ०६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय