समपूरक र विशेष अनुदानका लागि गाउँपालिका र नगरपालिकालाई आयोजना प्रस्ताव गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न आग्रह गरेको छ।

नयाँ आर्थिक वर्षको बजेट निर्माणको क्रममा माघ मसान्तभित्र समपूरक र विशेष अनुदानअन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि प्रस्ताव पेस गर्नुपर्ने समयसीमा तय गरिएको छ। यस आधारमा, मन्त्रालयले ती अनुदान कार्यक्रमअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमका लागि प्रस्ताव र विवरण तयार गरी पेस गर्न भनिएको छ।

यो प्रस्ताव आगामी माघ मसान्तभित्र राष्ट्रिय योजना आयोगले सञ्चालन गरेको विद्युतीय प्रणालीमार्फत पेस गर्न मन्त्रालयले अनुरोध गरेको छ। बजेट निर्माणका लागि विभिन्न समयसीमा पनि निर्धारण गरिएको छ।

प्रकाशित: आइतबार, पौष ०६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय