काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघसंग आबध्द नेस्वहोमयु केन्द्रीय कमिटीको ४६औं स्थापना दिवसको पावन अवसरमा स्व. माधव न्यौपाने स्मृति छात्रबृत्ति पुरस्कार एवं सर्वोउत्कृष्ट ट्रेड युनियन पुरस्कार बितरण कार्यक्रमको आयोजना गरेको छ । पौष ४ गते नेस्वहोमयुले द मल्ल होटल लेखनाथमार्ग काठमाडौमा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि जिफन्टका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले होटल युनियनको महत्वपुर्ण र जटिल समस्याको बिषय उठान गर्दै प्रत्येक होटलहरूमा आउटसोर्स कम्पनिबाट श्रमिक भर्ना गरी नियमित श्रमिक माथी गरेको शोषण र श्रम ऐन बिपरित कार्य गरेको भन्दै सम्पुर्ण होटल श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबध्द हुन र श्रम ऐन अनुसार आफ्नो हक हित र अधिकारको लागी आवाज उठाउन जोड दिनु भयो ।
युनियनका महासचिव कमल घिमिरेले संचालन गरेको कार्यक्रममा जिफन्टका उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, उपमहासचिव नरनाथ लुईटेल, सचिवहरू बेली मैया घले, कृष्ण केसी, बिजया सुबेदी र तारानिधि पन्त, घटक युनियनका अध्यक्ष तथा प्रतिनिधीहरू, होटल संघ नेपालका महासचिव साजन शाक्य , नेपाल पर्यटन होटल तथा रेस्टुरेण्ट सम्बध्द संघका प्रतिनिधि, अखिल नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेस्टुरा मजदुर संघका प्रतिनिधिको आतिथ्यथा रहेको अतिथिहरूले कार्यक्रममा आ आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो। नेस्वहोमयु गोकर्ण फरेष्ट रिसोर्टले यस बर्षकै सर्वोउत्कृष्ट ट्रेड युनियन पुरस्कार जित्न सफल भएको छ ।
त्यसै गरी यस बर्ष स्व. माधव न्यौपाने स्मृति छात्रबृत्ति पुरस्कार अन्तरगत छात्रा तर्फ केन्द्रिय कमिटीका सचिव कमरेड केशव राज सापकोटाका सुपुत्री श्री कृतिष्मा सापकोटाले २०८१ को एस इइ मा ३.९१ जिपिए ल्याएर र छात्र तर्फ नेस्वहोमयु द सोल्टी होटलका सदस्य श्री बुद्धी बहादुर थापाका छोरा कपिल थापा मगरले २०८१ को एस इइ मा ४ जिपिए ल्याएर सम्मान सहित जनही नगद रू १०/१० हजार पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रममा अध्यक्षता गर्नुहुने नेस्वहोमयुका अध्यक्ष लक्ष्मण तिवारीले जेनजी आन्दोलन पश्चात नेस्वहोमयुको मुद्दा उठान गर्न कठिनाई भएता पनि श्रमिकहरूलाई पुन: जागरणका कार्यक्रमहरू गरी आफ्नो लक्ष्यमा पुर्याउने प्रतिबध्दता जाहेर गर्दै आगामी दिनमा श्रमिकका सेवा सुबिधाका बिषयमा सम्बन्धित निकाय, अन्य संघ माहासंघसंग सहकार्य गर्दै जाने स्पष्ट रुपमा आफ्नो भनाई राख्दै समापन गर्नुभएको यस कार्यक्रममा, युनियनका उपाध्यक्ष ललिता के.सीले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा १०० जना भन्दा बढी उपत्यका भित्रका विभिन्न होटलबाट श्रमिकहरूले सहभागी जनाएका थिए ।











