काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन्।
शुक्रबार साँझ जिल्ला अदालत रूपन्देहीबाट कागजी प्रक्रिया पूरा गरी थुनामुक्त भएपछि उनले आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, “हिसाब मिलाउन र न्याय पाउन अझै बाँकी छ।”
उनले थपे, “न्यायको यो लडाइँ मेरो मात्र होइन, तपाईंहरूको र यो देशको लागि पनि लड्नु छ। मैले लड्नु बाँकी छ, र त्यसका लागि संघर्ष जारी रहनेछ।”
लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब गर्न बाँकी रहेको पनि उल्लेख गरे। “देशमाथि भएको अन्यायभन्दा मेरो माथि गरिएको अन्याय केही पनि होइन, त्यसको हिसाब गर्न बाँकी छ। हिसाब गरेपछि थप कुरा गर्नेछु,” उनले भने।
उनले भने, “मलाई थाहा छ, यो देशले चाँडै न्याय पाउनेछ। मैले बोल्ने समय आउँदै छ, त्यसैले केही समय धैर्य गर्नुहोस्।”


