भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौँ । भक्तपुरबाट १२ जनालाई जुवातास खेलेको आरोपमा पक्राउ गरिएको छ। भक्तपुर नगरपालिका–७ गोलमडीमा जुवातास खेलिरहेको अवस्थामा ६२ वर्षीय राधेश्याम सैजु सहित १२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख १४ हजार ९ सय ५० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जानकारी दिएको छ।

प्रकाशित: शुक्रबार, पौष ०४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय