
काठमाडौँ । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन र आन्दोलनमा घाइते भएका व्यक्तिहरूलाई मासिक निर्वाह भत्ता दिने निर्णय गरेको छ।
घाइतेहरूको अपाङ्गता र गम्भीरताका आधारमा आर्थिक सहायता र जीवन निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयले जेनजी प्रदर्शनमा घाइतेलाई राहत सहायता उपलब्ध गराउनको लागि कार्यविधि–२०८२ कार्यान्वयनमा ल्याएको छ, जसअनुसार घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा विभाजन गर्ने प्रावधान कार्यविधिमा समावेश गरिएको छ।
कार्यविधिअनुसार, मध्यम घाइतेलाई मासिक ४ हजार, गम्भीर घाइतेलाई मासिक ९ हजार, र अति गम्भीर घाइतेलाई मासिक १८ हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिइने व्यवस्था गरिएको छ।

