अर्थमन्त्रीले बुटवल उपमहानगर भवनको क्षतिग्रस्त स्थिति अवलोकन गरे

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको कार्यालय भवनको स्थलगत अवलोकन गरेका छन्।

मन्त्री खनालले तोडफोड र आगजनी भएको एक सय दिनपछि भवन मर्मतका लागि संघ सरकारले सहयोग गर्ने आश्वासन दिए। उनले बिहीबार मात्रै मर्मतसम्भार सम्बन्धी फाइल आफ्नो टेबलमा आएको जानकारी दिँदै आवश्यक निर्णय लिने बताए।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खिलराज पाण्डेयले भने, “सामान्य मर्मतले मात्र कार्यालयको सेवा प्रवाह गर्न सम्भव छैन, त्यसका लागि संघ सरकारको सहयोग जरुरी छ।”

नगर प्रमुख पाण्डेले कार्यालय भवन पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने र उपमहानगरपालिकासँग त्यस्तो स्रोत नभएको भन्दै संघ सरकारबाट सहयोगको माग गरे। उनले उपमहानगरपालिका आफैंले भवन पुनर्निर्माण गर्दा विकास योजनाका लागि छुट्टयाइएको बजेट कटौती गर्नुपर्ने समस्या आएको बताए।

प्रकाशित: शुक्रबार, पौष ०४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय