काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने कार्यक्रम तय भएको छ। यसका लागि प्रदेशसभाको बैठक शुक्रबार अपराह्न ४ बजे बोलाइएको छ।
मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रदेशसभा सचिवालयलाई बुधबार पत्र लेखेर बैठक बोलाउन आग्रह गरेका थिए। प्रदेशसभा सचिवालयले सांसदहरूलाई एसएमएस मार्फत बैठकमा उपस्थित हुन सूचित गरिसकेको छ।
कानुनी प्रावधान अनुसार, मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ। यादवले मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि विश्वासको मत लिने भएका हुन्।


