जेन–जी आन्दोलनपछि सरकारको तीन म्यान्डेट अनुसार कार्यहरू अघि बढिरहेका छन् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी आन्दोलनपछि सरकारको तीनवटा म्यान्डेट अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन र निर्वाचनका कार्यहरू अघि बढिरहेको जानकारी दिएका छन्।

बिहीबार काठमाडौँमा गोरखापत्र संस्थानको अंग्रेजी पत्रिका ‘दि राइजिङ नेपाल’को ६१ औं वार्षिकोत्सवमा बोल्दै उनले विगतमा प्रभाव र दबाबका कारण मुद्दा अगाडि बढ्न नसकेको बताउँदै अहिले सरकारले राज्यका निकायलाई स्वतन्त्र रूपमा काम गर्न वातावरण बनाएको उल्लेख गरे।

सरकारअन्तर्गतका निकायलाई स्वतन्त्रता दिँदै खरेलले भ्रष्टाचार नियन्त्रणका मुद्दा अहिले तेजीले अगाडि बढिरहेका पनि बताए। उनले भने, “तीन महिनामा ३० भन्दा बढी भ्रष्टाचारका मुद्दा अदालत पुगेका छन् र कारबाही जारी छ।”

प्रकाशित: बिहिबार, पौष ०३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय