काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानत राखेमा थुनामुक्त गर्न आदेश दिइएको हो। थप रूपमा, अदालतले १ करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश गरेको छ।


