लागुऔषधसहित १९ जना पक्राउ

काठमाडौँ । विभिन्न शहरहरूबाट अवैध लागुऔषधसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ, मोरङ, चितवन, झापा, तनहुँ, सुनसरी, पाल्पा, मकवानपुर, रुपन्देही र नवलपरासी पश्चिमबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा र विभिन्न नियन्त्रित औषधि बरामद गरिएको छ।

काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट खैरो हेरोइनका २६३ ग्रामसहित एक जनालाई पक्राउ गरिएको छ भने जमलबाट गाँजासहित एकजनालाई पक्राउ गरिएको छ। मोरङ, चितवन र झापाका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो पदार्थसहित व्यक्ति पक्राउ परेका छन्। तनहुँबाट ट्रामाडोल ट्याब्लेट, सुनसरीबाट ब्राउनसुगर र अन्य नियन्त्रित औषधिसहित व्यक्तिहरूलाई पक्राउ गरिएको छ।

त्यसैगरी, पाल्पाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन एम्पुलसहित दुईजना, मकवानपुरबाट ११ किलो गाँजासहित दुई जना तथा रुपन्देही र नवलपरासी पश्चिमबाट ब्राउनसुगर र गाँजासहित अन्य व्यक्ति पक्राउ परेका छन्। प्रहरीले सबै घटनाहरूमा आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित: बिहिबार, पौष ०३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय