काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।
उनले १ हजार ६सय ६३ मत पाएका हुन् । उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।


