काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ५२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कास्की, पोखरा महानगरपालिका–१५ घर भएका र हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ परेका हुन्।
बराइलीले एक जना पीडितलाई युके पठाउने भन्दै ५२ लाख रुपैयाँ लिई लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएका थिए। उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका बराइलीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको छ।


