काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले स्वच्छ प्रतिस्पर्धा एमालेले स्वीकार गरेको विधि भएको बताएका छन्।
आज भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले अहिले पनि जनताको प्रिय पार्टी रहेको दाबी गरे। उनले मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने जिम्मेवारी एमालेले लिने बताए।
बर्तौलाले महाधिवेशनमार्फत पार्टीलाई थप एकताबद्ध गर्दै राजनीतिक स्थायित्वतर्फ मुलुकलाई लैजाने नेतृत्व चयन हुने विश्वास व्यक्त गरे।
उनले भने, “एमाले जनताको प्रिय पार्टी हो। आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिन सक्ने सामर्थ्य एमालेसँग हुनुपर्छ। यस्तो नेतृत्व यस महाधिवेशनबाट आउनेछ। मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम एमालेले गर्नेछ र राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गर्न हामी एकताबद्ध हुनेछौँ।”


