काठमाडौँ । ३६ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका–२१ घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठलाई स्वयम्भूबाट पक्राउ गरेको हो।
काठमाडौँ जिल्ला अदालतको २०८१ असार २३ गतेको फैसलाअनुसार उनलाई ५ दिन कैद र ३६ लाख रुपैयाँ जरिवाना तोकिएको थियो।
पक्राउ परेका श्रेष्ठलाई अदालतमा उपस्थित गराई कारागार चलान गरिएको छ।


