निर्वाचनमा दबाबरहित सहभागिता सुनिश्चित गर्न आवश्यक : सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै वर्गका नागरिकलाई प्रभाव र दबाबरहित सहभागिता हुने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आज निर्वाचन आयोगले सरकारसँग निर्वाचन तयारीबारे गरेको छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘निर्वाचनमा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, गर्भवती महिला, सुत्केरी महिला, अशक्त लगायत सबै नागरिकले निर्वाचनमा भाग लिने वातावरण बनोस् । यसका लागि आयोगले आवश्यक काम समेत गर्ला । निर्वाचन आयोग र सरकारले सँगै ख्याल पुर्‍याउनुपर्ने अर्को कुरा के हो भने प्रभाव र दबाबरहित सहभागिता सुनिश्चित गर्नुपर्ने अर्को आवश्यकता हो ।’

प्रकाशित: मंगलबार, पौष ०१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय