काठमाडौँ । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएका ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार यी सबै उम्मेदवार सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
लुम्बनी प्रदेशबाट ४० वर्ष मुनिका लिलामणि गौतम, महिला केन्द्रीय सदस्यका रूपमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल, केन्द्रीय सदस्य युवा (४० वर्ष मुनि) को रूपमा नरेश रोकाया र सुशिलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्ष मुनिका अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (वोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन्।
महाधिवेशनको आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ, जसमा २,२६३ जना प्रतिनिधिले सहभागिता जनाउने छन्।


