दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक १८.३७ अंकले बढेर २,६१९.९९ को बिन्दुमा कायम भएको छ।

आज ३२५ कम्पनीका ७८ लाख ४ हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिद-बिक्री हुँदा कुल रु ३ अर्ब २९ करोड ४२ लाख २७ हजार ११२ को कारोबार भएको छ। आजको कारोबारमा व्यापार समूह बाहेक सबै समूहको उपसूचक बढेको देखिएको छ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड रहेको छ।

कारोबार र कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु १९ करोड ८२ लाख ४५ हजार २५ बराबरको ४ लाख ९४ हजार १८४ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: मंगलबार, पौष ०१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय