नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको नामावली सार्वजनिक

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार, अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने जनाइएको छ। निर्वाचन कार्यक्रम भृकुटीमण्डपमा जारी रहेको छ।

उपाध्यक्ष पदका लागि ५ जनाको स्थानमा ११ जनाले उम्मेदवारी दर्ता गरेका छन्। महासचिव पदमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको नाम मनोनयन दर्ता भएको छ।

त्यस्तै, तीन उपमहासचिव पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्, जबकि नौ सचिव पदका लागि २० जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन प्रक्रिया आज अपराह्न ४ बजेबाट सुरु हुने तयारी गरिएको छ। महाधिवेशनमा २२६२ प्रतिनिधि सहभागी हुनेछन्।

प्रकाशित: मंगलबार, पौष ०१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय