सरकारले उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्दै वार्ता प्रक्रिया शुरू गर्ने

काठमाडौँ । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ताका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ।

आजको मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बैठकमा भएको निर्णयको जानकारी दिएका छन्। समितिका सदस्यमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल समावेश छन्।

प्रकाशित: सोमबार, मंसिर २९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय