काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बंगलादेशसँग सात विकेटले पराजित भएको छ।
दुबईस्थित युएईको द सेभेन्स रङ्गशालामा बंगलादेशले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। नेपालले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १३० रन बनायो। बंगलादेशले १३० रनको विजयी लक्ष्य २४ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।
बंगलादेशका लागि जावाद अब्रारले ६८ बलमा सात चौका र तीन छक्कासहित ७० रन बनाएका थिए। त्यस्तै, कलाम सिद्दिकीले ६६ बलमा ३४ रन बनाए।
नेपालका बलरहरू मध्ये अभिशेख तिवारी र युवराज खत्रीले समान एक एक विकेट लिए।
नेपालले ब्याटिङ गर्दा, अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाएका थिए। आशिष लुहारले २३ र साहिल पटेलले १८ रनको योगदान दिए।
बंगलादेशका बलर एमडी सोबुजले तीन विकेट लिएका थिए, जबकि साद इस्लाम, अजिजुल हाकिम र शाह्रियर अहमदले दुई दुई विकेट लिए।
यसअघि, नेपालले आफ्नो पहिलो खेलमा मङ्सिर २७ गते टेष्ट राष्ट्र श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो।


