नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकममा वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ। परिसूचक १२ दशमलव ५० अंकले घटेर २,५९४ दशमलव ८७ बिन्दुमा पुगेको छ। आज ३३० कम्पनीका १ करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ६० हजार ६९९ पटक खरिदबिक्री भएका छन्, जसको कुल कारोबार रकम रु ४ अर्ब ७४ लाख ५५ हजार ७७ पुगेको नेप्सेले जनाएको छ।

आजको कारोबारमा बैंकिङ र म्युचुअल फण्ड उपसमूहमा सामान्य वृद्धि भएको छ भने अरु सबै समूहका उपसूचक घटेका छन्। स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जबकि सिटी होटल लिमिटेडको शेयर मूल्य १० दशमलव २६ प्रतिशतले घटेको छ।

कारोबार रकम र शेयर संख्याका आधारमा, सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेड (प्रमोटर) को भएको छ, जहाँ २४ लाख ९३ हजार ८६६ कित्ता शेयर रु २६ करोड १८ लाख ५५ हजार ९३० को मूल्यमा किनबेच भएका छन्।

प्रकाशित: आइतबार, मंसिर २८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय