काठमाडौँ । नेकपा एमाले रुपन्देहीका सचिव र सैनामैना नगरपालिकाका पूर्वनगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
आज सैनामैनामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमका क्रममा रास्वपा उपसभापति स्वर्णिम वाग्लेसहितका शीर्ष नेताहरूले कार्कीलाई पार्टीमा स्वागत गर्दै प्रवेश गराएका छन्।
कार्कीले भदौ २३ र २४ काे जेनजी आन्दोलनमा सरकारले युवा विद्यार्थीमाथि अनावश्यक दमन गरेर हत्या गरेपछि असन्तुष्टि र विरोध जनाउँदै नेकपा एमाले परित्याग गर्ने घोषणा गरेका थिए।
वह एक लोकप्रिय नेता हुन्, जो एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिव भएर लामो समयसम्म पार्टीका लागि कार्यरत थिए।


