काठमाडौँ । चैनपुर नगरपालिका–४ मैदानेमा ग्यास चुहावटका कारण भएको आगलागीमा ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका निरीक्षक धनबहादुर राजवंशीका अनुसार, आज बिहान ग्यास चुहिएर दिलबहादुर लिम्बूको घरमा आगलागी भएको थियो। आगलागीका कारण घरसँगै नगद र अन्य जिन्सी गरी रु १० लाख बराबरको क्षति भएको छ, प्रहरी निरीक्षक राजवंशीले जानकारी दिएका छन्।


