काभ्रे । काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको अरनिको सुपर एक्सप्रेस बसले काभ्रेमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
जल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध-२ पातलेगाँउमा बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिँदा ६८ वर्षीय पोतबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको हो।
मृत्युको घटनापछि स्थानीयले विरोध जनाउँदै राजमार्ग अवरुद्ध पारेका छन्। यसले काभ्रेभञ्ज्याङ-भकुण्डेबेसी खण्डमा गाडीहरूको आवागमन ठप्प भएको छ।


