मंगलबार, कार्तिक ११, २०८३
जाडो सुरु हुँदा चितवनमा डेङ्गी र स्क्रब टाइफसको सङ्क्रमण घट्दै

काठमाडौँ । जाडो मौसम सुरु भएसँगै चितवन जिल्लाका अस्पतालहरूमा आउने बिरामीहरूमा डेङ्गी र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको देखिएको छ। गत वर्षको तुलनामा यस वर्षको मङ्सिर महिनामा दुवै रोगको सङ्क्रमणमा कमी आएको पाइएको छ।

जनस्वास्थ्य कार्यालयका अनुसार, गत आर्थिक वर्षको मङ्सिर महिनामा ११३ जनामा डेंङ्गी सङ्क्रमण देखिएका थिए भने यस वर्ष मात्र १२ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको छ। कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार, यस आवमा ५,९२३ जनाको नमुना परीक्षण गरिएकोमा १७४ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ। गत वर्षको मङ्सिर महिनासम्म १,४६३ जनामा डेंङ्गी सङ्क्रमण देखिएको थियो, र वर्षभरिमा १७,३५३ जनाको परीक्षण गरिएकोमा एकजनाको मृत्यु भएको थियो।

घिमिरेका अनुसार, गत वर्षका विभिन्न महिना अनुसार डेंङ्गी सङ्क्रमणको संख्या यस्तो थियो: साउनमा १६०, भदौमा ३४९, असोजमा ४८७, कात्तिकमा ३३४ र मङ्सिरमा ११३ । यस वर्ष भने साउनमा ४२, भदौमा ४४, असोजमा २९, कात्तिकमा ४७ र मङ्सिरमा १२ जनामा डेंङ्गीको सङ्क्रमण देखिएको छ।

घिमिरेले भने, “यस वर्ष चितवनमा डेंङ्गीको सङ्क्रमण कम देखिएको छ, र पुस महिनासम्म यो रोगको सङ्क्रमण थप घट्ने आशा छ।” डेङ्गी प्रायः सहरी क्षेत्रमा देखिने रोग हो, जुन एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। घिमिरेले डेंङ्गीको प्रजाति र यसका विकास प्रक्रियाबारे अध्ययन गर्न आवश्यक भएको पनि जनाएका छन्।

प्रकाशित: आइतबार, मंसिर २८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय