काठमाडौँ । नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपअन्तर्गत श्रीलंकासामु जितका लागि ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबईस्थित द सेभेन्स रङ्गशालामा जारी खेलमा कमजोर ब्याटिङ प्रदर्शनका कारण नेपाल २८ दशमलव ५ ओभरमै ८२ रनमा अलआउट भयो।
नेपालको इनिङ्स ध्वस्त पार्ने क्रममा श्रीलंकाका सेथ्मिका सेनेविरत्नले उत्कृष्ट बलिङ गर्दै ९.५ ओभरमा २५ रन मात्र खर्चेर ५ विकेट लिए। मङ्सिर २६ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा आठ टोली सहभागी छन्। नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ बङ्गलादेश, श्रीलंका र अफगानिस्तान पनि छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया समावेश छन्।


