मुलुक र जनताप्रति उत्तरदायी र दूरदृष्टिपूर्ण निर्णय गर्न एमालेको महाधिवेशन सफल होस् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) को ११औं महाधिवेशनको सफलताको कामना गर्दै जनताको बहुदलीय जनवाद (जबज)को आधारभूत मान्यता अनुसार नेतृत्व चयन हुने विश्वास व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो भनाइमा उनले भनेकी छिन्, “महाधिवेशनका प्रतिनिधिहरू राजनीतिक दृष्टिले परिपक्व र आफ्नो क्षेत्रका जिम्मेवार नेता हुन्। उनीहरूले पार्टीको आन्तरिक स्थिति, मुलुकको परिवर्तित परिप्रेक्ष्य र विश्व परिस्थितिबारे राम्रोसँग जानकारी राख्छन्। यस्तो अवस्थामा आयोजित पार्टीको सर्वोच्च निकायका रूपमा यो महाधिवेशन जबजका आधारभूत मान्यताहरूलाई आत्मसात् गर्दै, पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा र सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउन र योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुनेछ भन्ने म दृढ विश्वास राख्छु।”

उनले थप भनिन्, “मुलुक अहिले तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ, त्यसैले प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध भएर अघि बढ्नु अहिलेको आवश्यकता हो। मुलुक र जनताप्रति उत्तरदायी र दूरदृष्टिपूर्ण निर्णयहरू लिन यो महाधिवेशन सफल होस्।”

प्रकाशित: शनिबार, मंसिर २७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय