अहिलेको अवस्थाबाट सहज निकास दिन आवश्यक: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाध सम्पन्न गरी हालको अवस्थामा सहज निकास दिन आवश्यक रहेको बताएका छन्। नेपाल प्रजातन्त्र सेनानी संघका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले राजनीतिका लागि बारम्बारको संघर्ष र दुष्चक्रबाट मुक्त भएर अबको समय राजनीतिक परिवर्तनपछिको आर्थिक विकास र समृद्धिमा केन्द्रित गर्नुपर्ने बताए।

आर्थिक विकास र समृद्धिमा ध्यान दिनका लागि राजनीतिक स्थायित्व र सुशासनलाई पहिलो प्राथमिकता दिनु पर्ने उनले जनाए। शान्ति, स्थायित्व र विकासको जनचाहनालाई सम्बोधन गर्दै उनले सामाजिक न्यायसहितका समयानुकूल आर्थिक नीति र कार्यक्रम बनाएर मुलुकको आर्थिक विकासको सपना साकार पार्नु राष्ट्रको मूल दायित्व भएको बताउँदै यसमा सबैको योगदान अनिवार्य रहेको स्पष्ट पारे।

प्रकाशित: शुक्रबार, मंसिर २६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय