काभ्रेमा सवारी दुर्घटनामा १८ वर्षीय युवकको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार, बुधबार राति बाँकेको नेपालगन्जका १८ वर्षीय सुदीप खत्रीको मृत्यु भएको हो।

दुर्घटना पनौती नगरपालिका–५, आईटीपार्कस्थित सडकमा बा.प्र.०२–०१७ प ०४०६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। सुदीप मोटरसाइकलमा सवार हुँदा गम्भीर घाइते भएका थिए र उनलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल ल्याइएको थियो, जहाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरण अनुसार, उक्त स्थानमा रोकिराखेको बा२क ७३५० नम्बरको टिपरमा मोटरसाइकल ठोक्किएको थियो, जसपछि मोटरसाइकल अनियन्त्रित भई अर्को टिपर, बा.प्र.०१–००६ ख २२१७ नम्बरको टिपरमुनि छिरेको थियो। दुवै टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: बिहिबार, मंसिर २५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय