काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन र सरकारबीच भएको सम्झौताप्रति कटाक्ष गरेका छन्। बिहीवार काठमाडौंमा सम्पादकहरूसँगको संवादमा उनले उक्त सम्झौतालाई ‘कलाविहीन भद्दा नाटक’को संज्ञा दिएका छन्।
ओलीले सरकार र जेनजीबीच भएको सम्झौतालाई सोही ठाउँमा च्यातेर अस्वीकार गरिएको भन्दै त्यसबारे धेरै टिप्पणी गर्न आवश्यक नभएको बताएका छन्। “हिजो एउटा कलाविहीन नाटक भयो, गोबर टाँसेको सरकारले त्यो नाटक गर्यो,” ओलीले भने, “त्यहीँ अस्वीकार भयो, त्यहीँ च्यातिदियो, त्यसैले त्यो कलाविहीन भद्दा नाटक हो।”
वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने बताउँदै ओलीले संसद पुनःस्थापना नै अन्तिम विकल्प भएको धारणा व्यक्त गरे।


