ट्रम्पद्वारा गोल्ड कार्ड आप्रवासन भिसा सार्वजनिक, १० लाख डलर भुक्तान गर्ने विदेशीलाई अवसर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक गरेका छन्, जसका लागि कम्तीमा १० लाख अमेरिकी डलर रकम भुक्तान गर्ने विदेशी नागरिकलाई अमेरिकाले आप्रवासन भिसा दिनेछ। ट्रम्पले हिजो आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा गोल्ड कार्डलाई सबै योग्य व्यक्तिहरूका लागि अमेरिका प्रवेशको सहज मार्ग हुने बताएका छन्।

यसै वर्षको सुरुवातमा ट्रम्पले गोल्ड कार्डको घोषणा गरेका थिए। आधिकारिक वेबसाइट अनुसार, यो भिसा अमेरिकालाई महत्त्वपूर्ण लाभ पुर्याउने व्यक्तिहरूलाई दिइनेछ।

प्रकाशित: बिहिबार, मंसिर २५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय