काठमाडौँ । आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य १ हजार रुपैयाँले बढेर प्रति तोला २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि ५५ रुपैयाँले वृद्धि भएर ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


