मंगलबार, कार्तिक ११, २०८३
एमाले स्कूल विभागको चार वर्ष: ६६ जिल्लामा प्रशिक्षण, ८ हजार प्रशिक्षक उत्पादन

काठमाडौँ । नेकपा (एमाले) ले १०औं महाधिवेशनपछि पार्टीका कार्यकर्ताहरूलाई बैचारिक, सैद्धान्तिक, संगठनात्मक र सामाजिक रूपले प्रशिक्षित गर्न पार्टी स्कूल विभागलाई सक्रिय बनाएको छ। पार्टीले आफ्ना कार्यकर्तामा बिचारिक भ्रम र माक्र्सवाद, लेलिनवाद, जनताको बहुदलीय जनवाद जस्ता आधारभूत सिद्धान्तको कमी महसुस गर्दै यस विभागलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो।

महाधिवेशनपछि ३ महिना वितिसक्दा, १९ माघ २०७८ मा उपमहासचिव प्रदिप ज्ञवालीलाई पार्टी स्कूल विभागको प्रमुख नियुक्त गरिएको थियो। ज्ञवालीका अनुसार चार वर्षको अवधिमा ७,७८३ नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको छ। विभागको प्रतिवेदनअनुसार, विभिन्न तहका जनसंगठन, प्रवास, जनप्रतिनिधि र नवप्रवेशी कार्यकर्ताहरूलाई प्रशिक्षण दिइएको छ। यस अवधिमा जनसंगठनतर्फ ६२५, प्रदेश स्तरीय प्रशिक्षकहरूको प्रशिक्षण ४०८, स्थानीय तहका जनप्रतिनिधि ६५६, नवप्रवेशी २५०, जिल्ला तहका नेता कार्यकर्ता ५,४२६, वित्त र कोष व्यवस्थापन ५६, भारत प्रवास ५६ जना कार्यकर्तालाई प्रशिक्षण दिइएको छ।

ज्ञवालीका अनुसार, पार्टीले हुम्ला देखि पाँचथर, झापा देखि कञ्चनपुरसम्म ६६ स्थानमा भौगोलिक प्रशिक्षकहरू सञ्चालन गरेको छ। “३/४ दिनका कार्यशाला र अन्तरक्रियात्मक शैलीमा प्रशिक्षकहरूद्वारा प्रशिक्षण दिएपछि कार्यकर्ताहरूले पार्टीका आधारभूत सिद्धान्त र मान्यतामा स्पष्टता प्राप्त गरेका छन्,” उनले भने।

विभागका सचिव घनश्याम कोइरालाले भन्यो, “पार्टी केन्द्रको स्कूल विभागले माध्यमिक तहको प्रशिक्षण सञ्चालन गर्दै आएको छ। अब विभागले प्रशिक्षक उत्पादन गर्ने कार्यलाई जारी राख्दै, प्रदेश, जिल्ला र स्थानीय तहका कार्यकर्ताहरूलाई पार्टी, समाज, देश र विदेशका बारेमा थाहा पाउन मद्धत गरिरहेको छ।”

आगामी योजनाका रूपमा, पार्टी स्कूल विभागले सातै प्रदेशमा स्थायी विद्यालय स्थापना गर्ने तयारी गरेको छ। यस अनुसार, केन्द्रको स्कूल विभाग मदन आश्रित स्मृति भवन गोठाटारमा, कोशीमा मदन भण्डारी स्मृति प्रतिष्ठान इटहरामा, मधेशको मदन आश्रित स्मृति भवन लालबन्दीमा, गण्डकीको पुष्पलाल स्मृति प्रतिष्ठान पोखरामा, लुम्बिनीको नेपालगञ्ज, देउखुरी र बुटवलमा, र सुदुरपश्चिमको कञ्चनपुर स्थित जिल्ला पार्टी कार्यलयमा स्थायी स्कूलको संरचना तयारी गरिरहेको छ। विभागले आधारभूत तहको पाठ्यक्रमका लागि “समृद्धि सोपान” नामक स्रोत पुस्तक पनि तयार गरेको छ।

प्रकाशित: बिहिबार, मंसिर २५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय