पोखरामा ७ जना जुवाडे पक्राउ

काठमाडौँ । कास्की प्रहरीले पोखरा महानगरपालिका-५ स्थित तमु समाजको भवनबाट जुवातास खेलिरहेका सात जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सोही क्षेत्रका ५९ वर्षीय कुल प्रसाद गुरुङसहित ७ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ गरेका व्यक्तिहरूको साथबाट नगद ४६,८६० रुपैयाँ र ४ बुक तास बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: बुधबार, मंसिर २४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय