अबका साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु : हितेन्द्र शाक्य

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्धक निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतबाट न्याय पाएका र पुनः आफ्नो पदमा फर्किएको बताएका छन्।

आज अदालतको फैसलापछि प्राधिकरणमा पुनर्बहालीका लागि पुगेका शाक्यले पद पुनर्बहालीको स्वागत गर्दै अब आफ्ना कार्यक्रमलाई अझ जोस र लगनशीलतासहित अघि बढाउने प्रतिबद्धता जनाए।

सरकारको नीति निर्देशनअनुसार प्राधिकरणको हकहितलाई सर्वोपरी मान्दै अघि बढ्ने र आगामी साढे तीन वर्षमा निश्चित लक्ष्य पूरा गर्ने बताए।

उनले भने, “ऊर्जामन्त्री र म दुवै विद्युत क्षेत्रलाई राम्रोसँग बुझ्छौं र मिलेर काम गर्नेछौं। अहिले पनि ऊर्जामन्त्रीले मलाई पूर्ण रूपमा सहयोग गर्ने अपेक्षा राख्दछु।”

शाक्यले थपे, “ऊर्जामन्त्रीज्यू र म दुवै एनईएका क्याडर हौँ। हामीले यो क्षेत्र एकएक हिसाबले बुझेका छौँ र चिलिमेदेखि अनुभव भोगेका छौँ।”

प्रकाशित: बुधबार, मंसिर २४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय