काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ। टस जितेर फिल्डिङ रोजेका विराटनगरलाई सुदूरपश्चिमले निर्धारित २० ओभर पूरा खेल्दै ७ विकेटको क्षतिमा १५५ रनको योगफल खडा गर्यो।
सुदूरपश्चिमका विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे।
आजको प्लेअफ अन्तर्गतको पहिलो क्वालिफायरबाट विजयी टोली सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित टोली इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


