जेनजी आन्दोलनका मुद्दा प्रधानमन्त्री कार्कीसमक्ष, गुरुङद्वारा युवामाथिको धरपकडबारे गुनासो

काठमाडौँ । आज साँझ सिंहदरबार पुगेका जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीलाई आन्दोलनसँग सम्बन्धित विभिन्न चुनौतीबारे जानकारी गराएका छन्।
भेटमा प्रमुख रूपमा युवाहरूलाई गरिएको पुलिस नियन्त्रण, धरौटी रकमको अभावले थुनामा राखिएको घटनाबारे विस्तृत छलफल भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री कार्की र गुरुङबीच आन्दोलनको मूल मर्म तथा वर्तमान राजनीतिक वातावरणबारे पनि विचार–विमर्श भएको थियो।

प्रकाशित: मंगलबार, मंसिर २३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय