मंगलबार, कार्तिक ११, २०८३
प्रधानमन्त्री र भारतीय अतिरिक्त विदेश सचिवबीच शिष्टाचार भेट

काठमाडौँ । नेपाल भ्रमणमा आएका भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले प्रधानमन्त्री सुशिला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। आइतबार काठमाडौँ पुगेका महावरले आज सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई भेटेर शिष्टाचार सन्देश दिएका हुन्।

महावर सोमबार लुम्बिनीमा आयोजना भएको एक सांस्कृतिक कार्यक्रममा सहभागी भएका थिए। उनले नेपालका अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जामन्त्री कुलमान घिसिङ र सञ्चारमन्त्री जगदिश खरेलसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय गरेका छन्।

महावर नेपालका पछिल्लो राजनीतिक अवस्था, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र भारतीय सहायतामा सञ्चालित परियोजनाबारे जानकारी लिन नेपाल आएका हुन्। उनको स्वदेश फर्कने कार्यक्रम बुधबार छ।

प्रकाशित: मंगलबार, मंसिर २३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय