काठमाडौँ । दोलखाको बिगु-१ लप्ची नजिकै निर्माणाधीन जलविद्युत आयोजनाको सुरूङ निर्माणका क्रममा लडेर एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङ्गाका मानेभञ्ज्याङ गाउँपालिका-५ का शुक्रबहादुर राई रहेका छन्। प्रहरीले अनुसार, राईको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।
५६ मेगावाट क्षमताको सानिमा जलविद्युत आयोजनाको सुरूङ निर्माणका क्रममा लडेर बाबरी हाईड्रो कन्स्ट्रक्सनमा कार्यरत राईलाई सोमबार घाइते अवस्थामा धुलिखेल अस्पतालको शाखा दोलखामा उपचारका लागि ल्याइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


