मुख्यमन्त्री आचार्य: सुशासन र पारदर्शी समाजका लागि संयुक्त प्रयास आवश्यक

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जारी गरेको सन्देशमा मुख्यमन्त्री आचार्यले भने, सुशासनलाई सुदृढ गर्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सबैको साझा प्रयास अपरिहार्य रहेको छ। उनका अनुसार भ्रष्टाचार केवल आर्थिक दुराचार मात्रै नभई सामाजिक मूल्य–मान्यता, लोकतान्त्रिक प्रणाली, राजनीतिक स्थिरता र विकासमा गम्भीर असर पार्ने समस्या हो।

मुख्यमन्त्री आचार्यले भने, “भ्रष्टाचार आर्थिक दुराचार मात्र होइन। यसले सामाजिक मूल्य–मान्यता, लोकतान्त्रिक प्रणाली, राजनीतिक स्थिरता र विकासको गति सबैमा गम्भीर असर पार्छ। समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य छ। यसै दृष्टिले सरकारले कानुनी, नीतिगत र संस्थागत संरचना सुदृढ गर्न विविध पहल गर्दै आएको छ।”

उनका अनुसार पूर्वविशिष्ट पदाधिकारीका सेवा–सुविधा कटौती, मुख्यमन्त्री तथा मन्त्रीहरूको आचारसंहिताको कार्यान्वयन, चालू खर्च घटाउने पहल तथा विकास योजना प्रतिस्पर्धात्मक प्रक्रियाबाट कार्यान्वयन गर्ने व्यवस्था पारदर्शिता र जवाफदेहिता बढाउन प्रभावकारी रहेका छन्।

प्रकाशित: मंगलबार, मंसिर २३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय