काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १,००० रुपैयाँले घटेर २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भई ३,६०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य ३,५८५ रुपैयाँ प्रतितोला कायम भएको थियो।


