नेप्सेमा हल्का गिरावट, ३ अंकले घटेर २६०६.६७ बिन्दुमा बन्द

काठमाडौँ ।  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से परिसूचक ३ अंकले घटेर २६०६.६७ बिन्दुमा पुगेको छ।

आजको कारोबारमा कुल ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ४६ हजार ४०० कित्ता शेयर किनबेच भएको छ। यस दौरान ९९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १४७ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आज ३३१ वटा कम्पनीहरूको सेयर कारोबारमा आएको थियो, जसमा ८३ हजार २७३ पटक सेयर किनबेच गरिएको छ। यस दिन ५ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

बजारको समग्र प्रदर्शनमा १३ वटा समूहमध्ये हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र ट्रेडिङ समूह बाहेक सबै समूह घटेका छन्।

प्रकाशित: सोमबार, मंसिर २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय